Ecclesiastes 2:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले राज्य गरेका देशका राज-भण्डारबाट मैले थुप्रै सुन र चाँदी थुपारें। गायक र गायिकाहरूले गीत गाएर मलाई हर्षित तुल्याउँथे र आफूले चाहेजति स्वास्नीहरू मैले बटुलें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरो निम्ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्त्रीगृह पनि मानिसका हृदयको मनोरञ्जनको निम्ति प्राप्त गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। म सित थुप्रै नाच्ने-गाउने स्त्री-पुरूषहरू थिए।