Ecclesiastes 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छोरो, दाजु वा भाइ कोही नहुने र एक्‍लै बास गर्ने मानिस, जो सधैँ मेहनत गरिबस्‍छ र आफूसित भएको धनमा सन्‍तोष गर्दैन। कसको निम्‍ति मैले जीवनका आनन्‍दका कुराहरू त्‍यागेर त्‍यस्‍तो कठोर परिश्रम गरिरहेको छु भनी त्‍यसले सोध्‍दछ। यो पनि व्‍यर्थ छ र जीवनको एउटा भार मात्र हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्‍यर्थ हो, एउटा दु:खदायी कुरा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्‍ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।