Ecclesiastes 5:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले कसैलाई धन-सम्‍पत्ति दिनुभयो र त्‍यसमा आनन्‍द मनाउन दिनुभयो भने धन्‍यवादी भएर उसले आफ्‍नो काममा आनन्‍द गरोस्। त्‍यो परमेश्‍वरको दान हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति र जग्‍गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्‍छ, र त्‍यसलाई आफ्‍नो भाग ग्रहण गर्न र आफ्‍नो काममा खुशी रहन दिनुहुन्‍छ— यो परमेश्‍वरको वरदान हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिन पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ।