Ecclesiastes 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छायाँजस्‍तो बिलाएर जाने जीवनमा, मानिसको छोटो र व्‍यर्थको जीवनमा उसको निम्‍ति के कुरा उत्तम छ, त्‍यो कसले जान्‍दछ र? मरेपछि संसारमा के हुन्‍छ, त्‍यो कसले जान्‍न सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्‍तै बिताउँछ, त्‍यसलाई के कुरो असल छ भनी कसले जान्‍दछ र? त्‍यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्‍यसलाई कसले भन्‍न सक्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।