Ecclesiastes 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले कसैलाई पूरा धन-सम्पत्ति, इज्जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्छ तर ती उपभोग गर्न दिनुहुन्न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्यो व्यर्थ हो, एउटा दु:खको कुरा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति, जग्गाजमिन र मान दिनुहुन्छ, जसले गर्दा त्यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्वरले त्यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्छ। यो व्यर्थ र दु:खदायी खराबी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र व्यर्थ कुरो हो।