Ecclesiastes 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु असल हो किनभने जिउँदा मानिसले हामी सबैलाई मृत्‍युले पर्खिराखेको छ भनी सधैँ याद गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोजको घरमा जानुभन्‍दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्‍नुपर्छ कि मृत्‍यु सबै मानिसको अन्‍तिम दशा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।
Nepali ERV (पवित्र बाइबल)
भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।