Ecclesiastes 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाँस्‍नुभन्दा सुर्ताउनु उत्तम हो: त्‍यसले अनुहारमा उदासी ल्‍याउला तर समझ-शक्तिलाई तिखार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हँस्‍सीभन्‍दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हाँसो भन्दा शोक र सुर्ता राम्रो हो किनकि जब हाम्रो अनुहारमा विषाद छाँउछ तब हाम्रो हृदय कञ्चन बन्छ।