Ecclesiastes 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसले मात्रै सबै कुराको साँचो अर्थ बुझ्‍दछ। बुद्धिले उसको अनुहार हँसिलो बनाउँदछ र त्‍यसको उदासिन अनुहार हटाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌ मानिसजस्‍तै को छ र? यी कुराहरूको व्‍याख्‍या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्‍यालो बनाउँछ, र त्‍यसको कठोर अनुहार बद्‌लिदिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् मानिसजस्तो को छ र? यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, र त्यसको कठोर रूप बदलिन्छ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।