Ecclesiastes 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सयकडौं अपराध गरेर पनि पापी बुढेस-कालसम्म बाँचिरहन्छ। मानिसहरूले के भन्छन्, म जान्दछु। तिनीहरू भन्दछन्, “परमेश्वरको आज्ञापालन गरे, सबै कुरा ठीक हुनेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि दुष्ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्म बाँचिरहन्छ, तापनि परमेश्वरको भय मान्नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्ने मलाई थाहा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि एक दुष्टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्वरको भय मान्ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।