Ecclesiastes 8:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दुष्टहरूको भने भलो हुँदैन। तिनीहरूले परमेश्वरको आज्ञापालन गर्दैनन् र सानै उमेरमा मरिजान्छन्। तिनीहरूको जीवन छायाजस्तो छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुष्टहरूले परमेश्वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन र तिनीहरूका दिनहरू छायाजस्तै लामा हुनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दुष्टले परमेश्वरको डर नमान्ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।