Ecclesiastes 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मलाई पक्का विश्वास भएको छ कि मानिसले सुख-चैन गर्नुपर्छ किनभने जीवनमा खानु, पिउनु र मोजमज्जा गर्नुबाहेक अरू असल कुरा केही छैन। परमेश्वरले मानिसलाई यस संसारमा दिनुभएको जीवनमा परिश्रम गर्दा उसले कम-से-कम त्यति त गर्न सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले सुख-चैन गरे हुन्छ भनी म सल्लाह दिन्छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्वरले दिनुभएको जीवनको अवधिभर त्यसको आफ्नो काममा आनन्दले साथ दिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले म जीवनमा आनन्द गर्ने सल्लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किन? किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।