Ecclesiastes 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरामा मैले लामो र खुब विचार गरें र देखें कि परमेश्‍वरले बुद्धिमान् र धर्मी मानिसका काम-कारवाइ, तिनीहरूका प्रेम र घृणा पनि उहाँका वशमा राख्‍नुहुन्‍छ। आफ्‍नो भविष्‍यमा के छ, त्‍यो कसैले जान्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुरामा मैले विचार गरें र यही निष्‍कर्षमा पुगें कि धर्मात्‍मा र बुद्धिमान्‌हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्‍वरकै हातमा हुँदारहेछन्‌। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।