Ecclesiastes 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा सानो सहर छ, त्‍यस सहरमा थोरै मानिसहरू छन्। एउटा बलियो राजाले सहरमाथि आक्रमण गरे। सहरलाई घेरामा हाली पर्खाल तोडेर त्‍यसभित्र पस्‍ने तयारी हुन लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक पल्‍ट थोरै बासिन्‍दा भएको एउटा सानो सहर थियो। त्‍यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्‍यसलाई घेरेर त्‍यसको चारैतिर घेरा-मचान बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।
Nepali ERV (पवित्र बाइबल)
एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनात गरे।