Ecclesiastes 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैको भाग्य एउटै हो र यो पनि संसारका अरू कुरा जत्तिकै बेठीक हो। संसारमा मानिस रहुन्जेल तिनका मन दुष्टता र पागलपनाले भरिएका हुन्छन् र तिनीहरू अचानक मरिजान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यमुनि हुने प्रत्येक काममा दुष्टता छ। सबैलाई एकै अन्त्य आइपर्छ। मानिसहरूका हृदय दुष्टताले भरिएका हुन्छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्छन्, अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्नजान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
यस जीवनमा जति पनि घटना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू सधें खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजाँन्छ।