Ephesians 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै तिमीहरूले पनि मुक्ति दिने सत्‍य सन्‍देश, सुसमाचार सुनेर ख्रीष्‍टमा विश्‍वास गर्‍यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्‍माको छाप दिएर परमेश्‍वरले तिमीहरूलाई उहाँको आफ्‍नै बनाएको प्रमाण दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्‍वास गर्‍यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँचो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेसेनोन थार्बा पिन्‍बा समाचार सत्‍य बचन थेःसी ख्रीष्‍ट येशूदा विश्‍वास लजी। थेतबासेलमा एनीगदेदा ङालान हिन्‍ना भिसी परमेश्‍वरसे ह्राङला आत्‍मासे छाप लबा मुला। चुनोन आत्‍मा परमेश्‍वरसे ह्राङला म्‍हिदा पिन्‍ना भिसी लबा कबुल हिन्‍ना।