Ephesians 1:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले प्रतिज्ञा गरेका हक नपाउञ्जेल त्यो पवित्र आत्माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो । यसले परमेश्वरमा हुनेहरुलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।
Nepali Tamang 2011
य्हाङ परमेश्वरला म्हिसे याङ्तोःबा हकदेन पापग्याम पूरान फेला भिबा ताम उन्बाला लागिरी परमेश्वरसे थेला आत्मा बैना पिन्बा मुला। थेतबासेलमा य्हाङसे परमेश्वरला य्हालदेन शक्तिला जयजयकार लतोःला।