Ephesians 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, सम्‍मान्‌को योग्‍य पिताले तिमीहरूलाई पवित्र आत्‍मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्‍माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्‍वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।
Nepali ERV (पवित्र बाइबल)
म सँधै हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।
Nepali Tamang 2011
प्रभु येशू ख्रीष्‍टला परमेश्‍वर य्‍हाङसे मान लतोःबा परमेश्‍वर आबासे एनीगदेदा ह्राङला आत्‍मा पिन्‍गै। थेनोन आत्‍माग्‍याम परमेश्‍वरदा ङोसेबा ज्ञान याङ्सी थेला बारेरी अझ घोखम्‍गै।