Ephesians 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टले आकाशका सबै देवी-देवताहरूमाथि राज्‍य गर्नुहुन्‍छ। सबै शासकहरूमाथि अख्‍तियार चलाउनुहुन्‍छ, सबै शक्तिहरूमाथिको शक्ति हुनुहुन्‍छ अनि सबै प्रभुहरूका पनि प्रभु हुनुहुन्‍छ। उहाँ यस युगमा मात्र होइन, आउने युगहरूमा पनि भए जति सबै उपाधिहरूभन्दा उच्‍च हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै शासन, र अधिकार, र शक्ति र राज्‍यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरसे ख्रीष्‍ट येशूदा जम्‍बुलिङदेन मुरी मुबा जम्‍मान शासन लबागदे, अधिकार मुबागदे, शक्ति मुबागदे, ग्‍लेगदेदेन जम्‍मान मिनथोरी शासन लबा अधिकार पिन्‍जी। दान्‍देला धुइरी जे आहिन, तर लिच्‍छा खबा धुइरीनोन चु जम्‍मानथोरी थेदा शासन लबा अधिकार पिन्‍बा मुला।