Ephesians 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी उहाँका सृष्‍टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्‍ट येशूमा सृष्‍टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी परमेश्‍वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्‍वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
Nepali Tamang 2011
तिग्‍दा भिसम य्‍हाङसे ज्‍यबा गे लगै भिसी परमेश्‍वरसे य्‍हाङदा येशू ख्रीष्‍टग्‍याम छार म्‍हि स्‍होबा हिन्‍ना। थेसे म्‍हन्‍बा अन्‍छार भ्रगै भिसीन परमेश्‍वरसे य्‍हाङदा ङाच्‍छाहेन्‍सेन स्‍होबा मुबा।