Ephesians 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग्‍गै थियौ। तिमीहरू परमेश्‍वरका छानिएका जाति इस्राएलसँग सम्‍बन्‍ध नै नभएको विदेशी थियौ। परमेश्‍वरले प्रतिज्ञाहरू गरेर जोड्‍नुभएको करारमा तिमीहरूको कुनै स्‍थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्‍वर थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।
Nepali ERV (पवित्र बाइबल)
याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।
Nepali Tamang 2011
थे धुइरी एनीगदे ख्रीष्‍टग्‍याम थारेङ मुबा। ओच्‍छे इस्राएलीगदेसे याङ्बा हकग्‍यामएनोन थारेङ मुबा। थेह्रङ् लसीन परमेश्‍वरसे ह्राङला म्‍हिगदेदा पिन्‍ना भिसी लबा कबुलगदेरीनोन एनीगदेला तिगै हक आरेबा मुबा। थेतबासेलमा एनीगदे जम्‍बुलिङरी आश आरेबादेन परमेश्‍वरदा ङोआसेबा म्‍हि मुबा।