Ephesians 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्‍नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँले व्‍यवस्‍थालाई त्‍यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्‍नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्‍टि गरून्, र यसरी शान्‍ति स्‍थापना होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुई अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो।
Nepali Tamang 2011
ओच्‍छे येशू ख्रीष्‍टसे यहूदीगदेदेन अर्गु य्‍हुलला म्‍हिगदेदा ढिक्‍ना लबादेन ह्राङग्‍याम छार म्‍हि स्‍होबारी ह्राङलान ल्‍हुइ पिन्‍सी यहूदीगदेला ठिमदेन ठिमसे कुल्‍बा तामगदे नाश लजी।