Ephesians 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी पनि एकपल्ट तिनीहरूजस्तै थियौं र आफ्नै शारीरिक स्वभावका इच्छामा लागेका थियौं र आफ्ना शारीरिक स्वभाव र मनले इच्छा गरेका कुरामा नै हिंड्दथ्यौं। हाम्रो आफ्नै स्वभावमा त अरूहरूजस्तै हामीले पनि परमेश्वरको रिसमा पर्नुपर्ने थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ।
Nepali ERV (पवित्र बाइबल)
गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।
Nepali Tamang 2011
ङाच्छा मी य्हाङ जम्मान थेनीगदे ह्रङ्बान सेमरी ल्हुइला लागिरी जे लइ म्हन्बा थेनोन लसी भ्रबा म्हि हिन्ना। य्हाङला थेह्रङ्बा बानीबेहोर अन्छार मी स्य्हान्दोगदेसे ह्रङ्नोन य्हाङसेनोन परमेश्वरग्याम सजाय याङ्तोःबा मुबा।