Ephesians 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो रहस्‍यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्‍तै परमेश्‍वरको आशिष्‌हरू पाउन सक्‍छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्‍ट येशूमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो रहस्य के हो भने सुसमाचारमा विश्‍वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।
Nepali Tamang 2011
चु ताम चा अर्गु य्‍हुलला म्‍हिगदेसे परमेश्‍वरला थार्बा पिन्‍बा समाचार थेःसी विश्‍वास लमाहेन्‍से यहूदीगदेसे ह्रङ्नोन परमेश्‍वरला मोलम याङ्बा हिन्‍ना। थेतबासेलमा दाहेन्‍से थेन्‍नी गिकनोन तबा मुला। ओच्‍छे परमेश्‍वरसे येशू ख्रीष्‍टग्‍याम ह्राङला म्‍हिगदेदा पिन्‍ना भिसी लबा कबुल एनीगदे अर्गु य्‍हुलला म्‍हिसेनोन याङ्बा मुला।