Ephesians 4:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौँ र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी सबै एउटै विश्वासमा नबाँधिउञ्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुञ्जेल, हामी परिपक्क मानिस नबनिउञ्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुञ्जेल र उहाँको पूर्णता प्राप्त नगरूञ्जेल यो काम गरि नै रहनुपर्छ।
Nepali Tamang 2011
थेतबासेलमा य्हाङसे परमेश्वरदा लबा विश्वासरी गिक आतनी भिसम ओच्छे थेला झा ख्रीष्टदा ज्यना लसी ङोआसेनी भिसम य्हाङ खाइमै पाको म्हि दोबारी आखम। ओच्छे ख्रीष्ट खाह्रङ्बा मुला थेह्रङ्बाएनोन दोबारी आखम।