Ephesians 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हामी स-साना केटा-केटीजस्‍ता धूर्त मानिसका विभिन्‍न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हामी छालहरूले अगि र पछि हुत्याइएका, विभिन्‍न सिद्धान्तहरूको हरेक बतास र छालहरूले यताउति हुत्त्याइँदै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौँ।
Nepali ERV (पवित्र बाइबल)
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङ जुन ताम थेःजी थेनोन तामरी विश्‍वास लबा कोलागदे ह्रङ् लसी आभ्र। तिग्‍दा भिसम कोइ कोइ म्‍हिगदेसे य्‍हाङदा फसब लबारी ल्‍हानान थरीला लुसीला तामदाएनोन सत्‍य ताम ह्रङ् लसी पाङ्सी भ्रमुला।