Ephesians 4:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दयालु भई एक-अर्कालाई अनुग्रह गर। परमेश्वरले ख्रीष्टमा तिमीलाई माफ दिएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ दिने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
Nepali ERV (पवित्र बाइबल)
आपसमा दयालू र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।
Nepali Tamang 2011
बरु गिकसेम गिकदा सेमहेन्सेन दया लउ। ओच्छे परमेश्वरसे एनीगदेदा ख्रीष्ट येशूग्याम माफ लबा ह्रङ् लसी एनीगदेसेनोन गिकसेम गिकदा माफ लउ।