Ephesians 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
Nepali Tamang 2011
ओच्छे ख्रीष्टसे य्हाङदा माया लबा ह्रङ् लसी य्हाङएनोन ह्राङ ह्राङ न्हङरी माया लसी ढिक्सी चितोःला। तिग्दा भिसम ख्रीष्टसे य्हाङदा माया लसी ह्राङला ल्हुइनोन पिन्जी। ओच्छे थेला ल्हुइ बलिदान पिन्सी परमेश्वरला लागिरी ज्यबादेन बास्ना खबा धूप दोजी।