Ephesians 5:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मण्‍डली ख्रीष्‍टको शरीर र ख्रीष्‍टचाहिँ मण्‍डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्‍वास्‍नीको शिरचाहिँ लोग्‍ने हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम ख्रीष्‍ट मण्‍डलीला थोबो हिन्‍ना। थेह्रङ् लसीन म्रिङम्‍हेमेगदेला लागिरीनोन ह्राङ ह्राङला ह्रेम्‍बो थोबो ह्रङ्‌बान हिन्‍ना। ओच्‍छे ह्राङला ल्‍हुइ मण्‍डलीदा थार्ना लबाएनोन ख्रीष्‍टनोन हिन्‍ना।