Ephesians 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्नुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किन? किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन।
Nepali Tamang 2011
एनीगदे परमेश्वरला म्हिगदे तबासे लमा स्य्हान्दोदेन छ्याम ब्रेल्सी भ्रबा, नइबा खबा ताम ओच्छे लोभ लबा, चु जम्मान ताम म्हन्बारीनोन आत।