Esther 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले धेरैजसो कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकानका सल्लाह लिन्थे। ती सात जना राज्यमा सबैभन्दा ठूल्ठूला पदमा रहेका फारस र मादीका अधिकृतहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीमध्ये हालको परिस्थिति बुझ्ने फारस र मादीका सात जना भारदार, कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान थिए। उनीहरू राजाको नजिकका थिए। उनीहरूलाई राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो। उनीहरूले राज्यमा विशेष स्थान पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राजासित घनिष्ठ रहेका परसीया र मादीका सात जना मुख्य हाकिमहरू: कर्शना, शेथार, अदमाता, तर्शीश, मेरेस, मर्सेना र ममूकान, जोसँग राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो; अनि तिनीहरूले राज्य शासनमा विशेष स्थान पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यी सात जना कर्शना, शेतार, अद्माता, तर्शीश, मेरेश, र्भसना अनि ममूकान, ज्ञानी अधिकारीहरू राजाका अत्यन्तै नजिक थिए यी फारस र मादीका अधिकारीहरूको राजासित पहुँच थियो अनि तिनीहरूले राज्यमा शासन चलाउँथे।