Esther 1:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रानीको आचरणबारे जब फारस र मादीका अधिकृतहरूका स्वास्नीहरूले सुन्नेछन्, तब आजै दिनभरिमा तिनीहरूले आफ्ना लोग्नेलाई त्यो कुरा सुनाउनेछन्। जहीँ-तहीँ स्वास्नीहरूले लोग्नेहरूलाई इज्जत गर्न छोड्नेछन् र लोग्नेहरू आफ्ना स्वास्नीहरूमाथि रिसाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रानीका व्यवहारको विषयमा सुन्ने फारस र मादीका ठूला घरानाका स्त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्टताको सीमा रहनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्टताको कुनै अन्त्य हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित, राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ।