Esther 1:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरको इच्छा भए, वश्ती रानी अब कहिल्यै राजाको अघि देखा पर्न पाउनेछैनन् भनी एउटा राजकीय उर्दी निकालियोस्। फारस र मादीका कानुनमा यो उर्दी लेखियोस् भन्ने आज्ञा होस् र यो आज्ञा कहिल्यै नफेरियोस् अनि कुनै अझै योग्य स्त्रीलाई रानीको स्थान दिइयोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि हजूरको इच्छा भए ‘वश्तीले फेरि कहिल्यै राजा अहासूरसको सामुन्ने देखा पर्न नपाऊन्’ भन्ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्सिओस् र त्यो फरिसी र मादीहरूको ऐनमा कहिल्यै रद्द नहुने गरी लेखिओस्। अनि राजाले उहाँको सट्टामा उहाँभन्दा अझै योग्यकी स्त्रीलाई रानीको स्थान दिइबक्सिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण यदि राजालाई असल लाग्छ भने उहाँद्वारा एउटा राजकीय उर्दी निकालियोस्; अनि त्यसलाई परसीया र मादीहरूको ऐन-कानुनमा लेखियोस्, जसलाई कसैले पनि रद्द गर्न नसकून्; ताकि अब उसो राजा अहासूरसको उपस्थितिमा रानी वश्ती कहिल्यै देखा पर्न पाउनेछैनन्; अनि राजाले उनको राजकीय पद तिनीभन्दा असल अरू कसैलाई देऊन्।
Nepali ERV (पवित्र बाइबल)
“यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। “आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्।