Esther 1:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र अधिकृतहरूले यो सल्लाह मन पराए र राजाले ममूकानको सल्लाहअनुसार काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ममूकानको सल्लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्ताव राजाले स्वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा र तिनका भारदारहरूलाई यो सल्लाह मन पर्यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे।