Esther 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँका आँगन नीला र सेता रङ्गका सुती कपडाको पर्दाले सिङ्गारिएका थिए। ती पर्दाहरू सिङ्गमरमरका खामामा लगाइएका चाँदीका कुण्डलहरूसित बैजनी रङ्गका मिहिन सुती धागोले बाँधेर जोडिएका थिए। आँगनमा सेता सिङ्गमरमर प्रकार-प्रकारका राता र नीला पत्थरहरू र मोती छापेका थिए। त्यसमा सुन र चाँदीका आराम गर्ने आसनहरू राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्यवान् पत्थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्ने आसनहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्ने आसनहरू राखिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।