Esther 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एस्तरले त्यस बेलासम्म म यहूदी हुँ भनी कसैलाई भनेकी थिइनन्। सो कुरा कसैलाई नबताउनू भनी तिनलाई मोर्दकैले भनेका थिए र तिनले त्यो आदेश सानी केटी हुँदा मोर्दकैको कुरा पालन गरेझैँ पालन गरेकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोर्दकैको आदेशअनुसार एस्तरले आफ्नो घराना र वंशको कुरा गुप्तमा राखेकी थिइन्। मोर्दकैको अधीनमा हुँदा उनले तिनलाई आदेश दिएझैँ तिनले गरिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोर्दकैले एस्तरलाई आफ्नो परिवार र जातियताको कुरा गुप्त राख्न भनेझैँ, तिनले त्यसै गरेकी थिइन्; किनकि मोर्दकैले उनलाई हुर्काउँदै गर्दा सिकाएका तिनका आदेशहरू पालन गर्दै आएकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
एस्तरले अझ पनि आफ्ना मानिसहरूको अथवा आफ्नो वंशको विषयमा मोर्दकैले आदेश दिए अनुसार अरूलाई भनेकी थिइनन्। अनि उसको निगरानीमा हुँदा जस्तै तिनले मोर्दकैको आज्ञा पालन गरिन्।