Esther 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्‍नो नयाँ उर्दी घोषणा गरेपछि धेरै केटीहरू शूशनमा ल्‍याइए। तीमध्‍ये एस्‍तर पनि थिइन्। तिनलाई पनि राजमहलमा हेगेको जिम्‍मामा राखे, जोचाहिँ राजाका स्‍त्रीहरू बस्‍ने भित्री महलको जिम्‍मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्‍मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्‍याइए, तब एस्‍तर पनि स्‍त्रीहरूका जिम्‍मावाल हेगेको जिम्‍मामा दिन राजमहलमा लगिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो।
Nepali ERV (पवित्र बाइबल)
जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान स्त्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिंदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अन्तपुरको रखवाला हेगेको निगरानिमा राखियो।