Esther 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि अहासूरस राजाले हामान नाम भएको मानिसलाई पद बढाएर राज्यका प्रधान-मन्त्री बनाए। हामान अगाग वंशको हम्मदाताका छोरा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्दा तिनलाई श्रेष्ठ स्थान दिई उच्च पदमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्च दर्जाको पद दिएर सम्मान गरे।
Nepali ERV (पवित्र बाइबल)
यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।