Esther 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण पहिलो महिनाको तेह्रौँ दिनमा हामानले राजाका सबै सरकारी लेखकहरूलाई बोलाएर एउटा उर्दी सुनाए। त्यसलाई राज्यमा चलिआएको हरेक भाषामा अनुवाद गरी त्यसकै लेख्ने तरिकाअनुसार लेखेर सबै शासक, बडा-हाकिम र भारदारहरूकहाँ पठाउने आदेश पनि दिए। अहासूरस राजाको नाममा उनकै औँठीको छाप लगाई त्यो उर्दी निकालियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्तका बड़ाहाकिमहरू, विभिन्न प्रान्तका राज्यपालहरू र विभिन्न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्तमा त्यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्नै भाषामा त्यो पठाइयो। राजा अहासूरसको नाउँमा त्यो निकालियो, र राजाकै छाप त्यसमा लगाइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।