Esther 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका आज्ञाले त्यो उर्दी राजधानी शूशनका प्रजालाई पनि सुनाइयो। हुलाकीहरू गएर त्यो समाचार प्रान्त-प्रान्तमा पुर्याए। शूशन सहरमा गड्बडी भयो। राजा र हामानचाहिँ पिउन बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्दा चाँड़ो जान पठाइए। त्यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्चियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्चियो।
Nepali ERV (पवित्र बाइबल)
समाचार वाहकहरू राजाको आदेश लिएर हतारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।