Esther 4:16 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्‍ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्‍यस्‍तै गर्नेछौं। त्‍यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्‍यसो गर्दा म मर्न परे, मर्न तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्‍नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्‍नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।”