Esther 4:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको नाश गर्ने आज्ञा भएको र शूशनमा निकालिएको घोषणा-पत्रको एउटा नकल उनले हताकलाई दिए। त्यो लगेर एस्तरलाई दिनू र सबै कुरा तिनलाई भनिदिनू अनी तिनले राजाकहाँ गई उजूर गरिदेऊन् र आफ्ना जातिका मानिसहरूमाथि राजाको कृपा होस् भनी बिन्ती गरिदेऊन् भनी मोर्दकैले एस्तरकहाँ खबर दिन हताकलाई फर्काई पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मोर्दकैले त्यस विषयमा एस्तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्त गरेर आफ्नो जातिको निम्ति बिन्ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्तरलाई देखाउन भनी पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए।
Nepali ERV (पवित्र बाइबल)
शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।