Esther 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उपवास राखेको तेस्रो दिन एस्तरले आफ्ना राजसी वस्त्र लगाइन् र गएर महलको भित्री चोकमा सिंहासन राखेको कोठातिर हेरेर उभिइन्। राजा कोठाभित्र ढोकातिर फर्केर सिंहासनमा बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।