Esther 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यति मात्र होइन,” हामानले भने, “एस्‍तर रानीले केवल राजा र मलाई भोज दिइन् र भोलि पनि भोजमा निम्‍त्‍याएकी छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामानले भने, “त्‍यति मात्र होइन, तर रानी एस्‍तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्‍तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्‍तो दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्‍न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्।
Nepali ERV (पवित्र बाइबल)
हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरू कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।