Esther 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका स्वास्नी र साथीहरूले भने, “एउटा बाईस मिटर अग्लो फाँसीको काठ बनाउन लगाउनुहोस्। भोलि बिहान त्यसमा मोर्दकैलाई झुन्ड्याउने आदेशको निम्ति राजासित बिन्ती गर्नुहोस्। तब भोजमा खुसी भई जान सक्नुहुनेछ।” यो कुरो हामानलाई असल लाग्यो र उनले फाँसीको काठ बनाउन लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्चीस मिटर अल्गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित बिन्ती गर्नुहोस्। त्यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्।” हामानलाई यो कुरो साह्रै असल लाग्यो, र तिनले त्यो फाँसीको काठ खड़ा गर्न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई सल्लाह दिए, “पचास क्यूबिट अग्लो एउटा फाँसीको काठ बनाउन लगाउनुहोस्; अनि त्यसैमा बिहान मोर्दकैलाई झुण्ड्याउन राजासँग बिन्ती गर्नुहोस्। त्यसपछि राजासित भोजमा गएर रमाइलो गर्नुहोस्।” यो सल्लाहले हामानलाई खुशी तुल्यायो; अनि तिनले फाँसी दिने काठ तयार गर्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।” त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।