Esther 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजाले मेरो बिन्‍ती ग्रहण गर्नुहुन्‍छ भने भोलि फेरि हजुरको निम्‍ति मैले तयार गरेको भोजमा हामानसित हजुरको सवारी होस्। त्‍यही बेला म के चाहन्‍छु, हजुरलाई बिन्‍ती गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्‍ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्‍ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्‍सिओस्‌। भोलि म महाराजालाई आफ्‍नो कुरा भन्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”