Esther 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामानले घोडा र पोशाकहरू ल्याएर मोर्दकैलाई पहिराइदिए। मोर्दकै घोडामा चढे र उनलाई हामानले सहरका चोकबाट लगे। हामान अघि-अघि यसो भन्दै हिँडे, “राजाले सम्मान गर्न इच्छा गरेका मानिसलाई उहाँले कस्तो इनाम दिनुहुन्छ, त्यो हेर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्याए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”