Esther 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मोर्दकै महलको ढोकामा फर्किगए। हामान भुतुक्क भएर हातले मुख छोप्दै हतार-हतार घरतिर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।