Esther 6:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भए जति सबै कुरा उनले आफ्ना साथीहरू र स्वास्नीलाई बताए। उनकी स्वास्नी र ती ज्ञानी साथीहरूले उनलाई भने, “मोर्दकैको अघि तपाईंको शक्ति घट्न थालेको छ। त्यो यहूदी हो र त्यसलाई तपाईंले जित्न सक्नुहुन्न। त्यसले निश्चय तपाईंको हार गराउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्लाहकारहरू र तिनकी पत्नीले यो भने, “यदि मोर्दकै, जसको सामुन्ने तपाईंको पतन सुरु भएको छ, ती यहूदी जातिका हुन् भने तपाईं उनको विरुद्धमा केही पनि गर्न सक्नुहुन्न। तपाईंको निश्चय नै पतन हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्लाहकारहरू र तिनकी पत्नी जेरेशले तिनलाई भने, “मोर्दकै, जसको सामु तपाईंको पतन सुरु भएको छ, तिनी जन्मजात यहूदी भएका कारण तपाईं तिनको विरुद्ध खडा रहन सक्नुहुन्न। तपाईंको विनाश निश्चित छ!”
Nepali ERV (पवित्र बाइबल)
तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।