Esther 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पढेका विवरणमा कसरी मोर्दकैले राजाका कोठाका पहरादार काम गर्ने महलका दुई नपुंसकहरू बिग्थाना र तेरेशले राजालाई मार्ने जाल गरेका कुरा पत्ता लगाएका थिए, त्यो कुराको पनि बयान थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
संघारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।