Esther 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म र मेरा जाति मारिनलाई बेचिएका छौं। कमारा हुनलाई मात्र बेचिएका भएता म चुपै लागेर बस्ने थिएँ र हजुरलाई कष्ट दिनेथिइनँ। तर हामी नाश हुन आँटेका छौं, हाम्रो नाउँ-निशाना मेटिने भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्त्री सबैलाई दासत्वमा बेच्ने कुरो मात्र भएको भए त म चूपै लागिरहनेथिएँ। किनभने त्यति मात्र कुराले त महाराजालाई झिजो गर्नु न्यायसङ्गत हुनेथिएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।”
Nepali ERV (पवित्र बाइबल)
किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”